Sagun Khabar
जनक शिक्षा सामग्री केन्द्रद्वारा सुदूरपश्चिममा पाठ्यपुस्तक विक्रि शुरु 

कैलाली –जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा पाठ्यपुस्तक विक्रिवितरण कार्य शुरु गरेको छ । शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्यसहित मङ्गलवारदेखि पाठ्यपुस्तक विक्रि वितरण सुरु गरिएको हो । 

मंगलबार बाजुराका विक्रेताबाट पाठ्यपुस्तक विक्रिको काम शुरु भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सुदूरपश्चिम प्रमुख रामबहादुर कुँवरले बताए । आगामी शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक विक्रि शुरु भएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बाजुराको स्वामिकार्तिक गाउँपालिकाका २५ विद्यालयका लागि आफूले झन्डै २५ लाख रुपियाँ बराबरका पुस्तक लगेको रुविया सपिङ सेन्टरका सञ्चालक नरेशजङ्ग शाहीले बताए । 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि पाठ्यपुस्तक विक्री गर्ने दिन तय गरिएको जनक शिक्षाका प्रदेश प्रमुख कुँवरले बताए । हिजो र आज बाजुराका लागि पाठ्यपुस्तक वितरण गरेको केन्द्रले १५ र १६ गते दार्चुला जिल्लाका विक्रेतालाई पाठ्य पुस्तक विक्री गर्ने भएको छ । 

यस्तै पहाडी जिल्ला बझाङका लागि चैत १७ गते , बैतडीका लागि १८ गते , अछामका लागि १९, डोटीका लागि २० र डडेलधुराका लागि २१ गते पाठ्यपुस्तक विक्री गरिने छ । तराईका जिल्ला कैलाली र कञ्चनपुरका लागि भने क्रमशः चैत २२, २३, २४, २५, २६ र २७ गते पाठ्यपुस्तक विक्री गरिने भएको छ । 

यस वर्ष सुदूरपश्चिमका १६५ विक्रेता मार्फत कक्षा १ देख १२ कक्षासम्मका विद्यार्थीका लागि १९ लाख १५ हजार १८५ थान पुस्तक विक्री गरिने जनक शिक्षाका प्रदेश प्रमुख कुँवरले बताए । 

सुदूरपश्चिममा सबैभन्दा बढी पाठ्यपुस्तक कैलालीका विद्यार्थीका लागि छ लाख १४ हजार ७९६ थान आवश्यक पर्छ । यस्तै गरेर सबैभन्दा कम डडेलधुरालाई एक लाख तीन हजार ३३० थान पुस्तक चाहिन्छ । यस्तै गरेर कञ्चनपुरलाई दुई लाख ८९ हजार १५७, बैतडीलाई एक लाख ७८ हजार ३६०, बझाङलाई एक लाख ७७ हजार २१५, अछामलाई एक लाख ६५ हजार ८३१, डोटीलाई एक लाख ३७ हजार ६९२, बाजुरालाई एक लाख २७ हजार ८०६ र दार्चुलालाई एक लाख २१ हजार १२ थान पाठ्यपुस्तक आवश्यक पर्छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update