Sagun Khabar
नाउपाले प्रदेशमा पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने 

कैलाली –नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्तिले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको बताइएको छ । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बताइएको छ । यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएकी थिइन् । 

सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नागरिक उन्मुक्तिका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन्। । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update