Sagun Khabar
नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई जिम्मेवारी तोकियो 

कैलाली –नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुबै मन्त्रीले जिम्मेवारीको पत्र समेत बुझिसकेका छन् । 

नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिने सम्मको निर्णय गरिसकेको भएपनि मुख्यमन्त्रीले सोही पार्टीका मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । सरकारमा सहभागिताका बिषयमा नागरिक उन्मुक्तिभित्रै दुई गुट बनेको छ । 

पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरी मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा रहेका छन् पार्टीकी अध्यक्ष समेत रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनलाई सहयोग गर्ने पक्षमा रहेकी छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update