Sagun Khabar
दक्षिण अफ्रिकामा ४६ जना यात्रु रहेको बस दुर्घटना, आठ वर्षीया बालिका मात्रै बाँचिन
स्वास्थ्य सन्देश
Atrya hospital

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ ।  ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी बीबीसीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो । दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका  तीर्थयात्री परेका खबरमा उल्लेख छ ।

घटनास्थलमा पुगेका यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सरकारले दुर्घटनाको कारणको पूर्ण अनुसन्धान गरी आफन्तलाई शव बुझाउन मद्दत गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update