Sagun Khabar
रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदै, सुदूरमा आज सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । 

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउँदै आएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) सार्वजनिक बिदा समेत दिएको छ । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update