Sagun Khabar
जरीवानाको रकम सोझै बैंक खातामा जमा हुने, किस्को मेसिन सञ्चालन 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिममा पहिलोपटक जरिवानाको रकम सोझै ट्राफिक प्रहरीको बैंक खातामा संकलन हुने उपकरण जडान भएको छ ।

किस्को मेसिन अर्थात सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैंक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याइएको हो । आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिवबहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा सो उपकरणको उद्घाटन गरेका छन् । 

यस्तो उपकरण काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको छ । मेसिनले बैंकमा पैसा जम्मा गर्ने, रिचार्ज गर्ने जस्ता सवा प्रवाह गर्ने छ । यो मेसिन कैलाली र कञ्चनपुरका सात स्थानमा सञ्चालन गरिए पनि पहाडी जिल्लामा समेत विस्तार गर्ने योजना छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update