Sagun Khabar
सुदूरपश्चिम मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको  निर्देशन

धनगढी- नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा छन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदले मतदान गर्ने विश्वाससहित भोलि (विहिबार) विश्वासको मत लिँदैछन्।

तर पाँच प्रत्यक्ष र दुई समानुपातिक गरेर ७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यष रञ्जिता श्रेष्ठले आज (बुधबार) आफ्ना सांसदहरुलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने विश्वासको मतमा सहभागि नहुन आफ्ना सांसदहरुलाइ निर्देशन दिएका हुन्।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update