Sagun Khabar
नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई फिर्ता बोलाउनुभएको हो ।

श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक हुनुहुन्छ । तर संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update