Sagun Khabar
नैनिताल गाडी दुर्घटना  अपडेटः ७ जना नेपालीसहित ८ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ जना कञ्चनपुर महेन्द्रनगरका रहेको बताइएको छ। भारतीय प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। गाडी खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो। उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो। मृतक सात जना महेन्द्रनगरका रहेको खुलेको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्। बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे। काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् भने दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update