Sagun Khabar
नागरिक उन्मुक्तिका कैलाश चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

प्रदेश सरकार जोगाउने र भत्काउन निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ । शुक्रबार भोलि बनाइने नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले बताइन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनमा जुटेको  भद्र सहमति अनुसार सुदूरको मुख्यमन्त्री नाउपाको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

विश्वासको मत पाउन नसकेपछि कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले वैशाख २ गतेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर सरकारमा दावी पेश गर्न आह्वान गरेका थिए । सत्ता गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नयाँ सरकारका लागि दाबी पेश गर्न लागेका हुन् ।

मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री पनि पाएको छ । यसअघि संसदीय दलका नेता रहेका घनश्याम चौधरीले पार्टीको निर्देशन नमानेको भन्दै दलको नेताबाट हटाएर रञ्जिताले गत साता कैलाशलाई दलको नेता तोकेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update