Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य   जात्रा लाग्ने

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । चैतेदशैंको अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको हो ।

चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य  जात्रा लाग्ने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त  भट्टले जानकारी दिए ।  चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

गत विगतमा चैत्र महिनामै जात्रा हुने गरेको भएपनि यो वर्ष अधिकमासका  कारण बैशाखमा जात्रा लागेको पुजारी भट्टले बताए । आज सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ ।

दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै  अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका दशरथचन्द नगरपालिका वडा नं  २ का  वडा अध्यक्ष सुर्यबहादुर  बोहराले बताए । मन्दिरमा दर्शनार्थीहरु दर्शनका लागि टाढाटाढाबाट आउने गरेका  उनको भनाइ  छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update