Sagun Khabar
बैतडीको गोठलापानीमा संस्थागत स्वास्थ्य क्लिनिक सञ्चालन

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले संस्थागत स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ ।  नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि नगरपालिकाले गोठलापानी बजारमा  संस्थागत स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।

जनताहरुलाई  निःशुल्क रुपमा आधारभूत सेवा प्रदानका लागि  संस्थागत स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको  नगरपालिकाका जन स्वास्थ्य  निरीक्षक भुवन प्रशाद जोशीले  जानकारी दिए । नागरिकहरुलाई सर्भसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संस्थागत स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार संस्थागत स्वास्थ्य क्लिनिकमा नगरपालिकाले  एक जना पारामेडिक्स, दुई जना नर्स र एक जना कार्यालय   साहयोगी गरि ४ जना  जनशक्तिको व्यवस्थापन गरेको छ । यो संस्थाबाट नागरिकहरुले निःशुल्क रुपमा आधारभूत सेवा पाउने छन् ।  परिवार नियोजन सेवा,  बालस्वास्थ्य सेवा, सुरक्षित मातृत्व सेवा, ओपिडी सेवा लगायत स्वास्थ्य सेवा  क्लिनिकमा उपलब्ध हुने छन् ।

संस्थागत स्वास्थ्य क्लिनिकको सोमवार उद्घाटन समेत गरिएको छ । नगरपालिकाका नगर प्रमुख पुष्कराज जोशी (लख्खाभाइ)ले एक कार्यक्रमका बिच संस्थागत स्वास्थ्य क्लिनिकको उद्घाटन गरेका नगपालिकाले जनाएको छ  । नगर प्रमुख जोशीले  रिबन काटेर  स्वास्थ्य  क्लिनिकको उद्घाटन गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update