Sagun Khabar
बैतडीको झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि  बन्द हुने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट  बन्द हुने भएको छ। झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द  हुने भएको  हो ।  

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजबाट सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टा झुलाघाट नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय  बैतडीले  जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update