Sagun Khabar
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा  मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरी आह्वान

धनगढी-सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरी आह्वान गरेका छन्। एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन्। प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update