Sagun Khabar
कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ 
Atrya hospital

कैलाली –कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । 

सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका बर्दगोरीया गाउँपालिका–४ का ३० वर्षीय नरेश डगौरा, कुटपिट मुद्दामा जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय बिष्णु थापा र चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने १९वर्षीय मिलन शाही पक्राउ परेका हुन् । 

अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका तीनै जना प्रतिवादीलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update