Sagun Khabar
बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता : महिलातर्फ मेलौली र शिवनाथ फाइनलमा प्रवेश

बैतडी –बैतडीको देहिमाडौंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ मेलौली र शिवनाथ फाईनलमा प्रवेश गरेका छन् । आईतबार भएको खेलमा शिवनाथले पुर्चौडीलाई र मेलौलीले दशरथचन्द ‘ए’ लाई ३–० शुन्यले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । 

अब उपाधीका लागि फाईनल खेल मंगलबार हुने जनाईएको छ ।

Atrya hospital

नेपाल खेलकुद महासंघको आयोजनामा भइरहेको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।

प्रतियोगिताका  उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update