Sagun Khabar
बैतडीमा मृत फेला परेका डडेल्धुराका जैरुको शव आफन्तले बुझे 
Atrya hospital

बैतडी –बैतडीको पाटनमा मृत फेला परेका डडेल्धुराको अमरगढी नगरपालिका ५ का ५० बर्षीय रुपक जैरुको शव आफन्तले बुझेका छन् । आईतबार बैतडीको पाटन नगरपालिका–६ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा पर्ने गोईडाखोला नजिकै जैरुको शव फेला परेको थियो ।  

सोमबार आफन्तहरुले मृतकको शव बुझेर लगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

जेठ ४ गतेबाट सम्पर्कमा नआएका जैरु पाटनबाट दार्चुला जान्छु भनि हिँडेका बताइएको छ । उनी पाटनस्थित एक सिलाई सेन्टरमा काम गर्दै आएका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update