Sagun Khabar
बैतडीको मेलौलीमा आयल स्टोर सञ्चालन

बैतडी–बैतडीको मेलौलीमा आयल स्टोर सञ्चालनमा आएको छ । 

नागार्जुन ट्रेड एण्ड सप्लायर्सले मेलौली नगरपालिका वडा नम्बर–७ कुन्थला नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको हो ।

आयल निगमबाट अनुमति लिएर आयल स्टोरबाट पेट्रोलियम पदार्थको विक्रि वितरण शुरु गरिएको स्टोरका सञ्चालक हरिश ठकुराठीले जानकारी दिए । आयल स्टोरमा ६÷६ हजार लिटर क्षमताका दुईओटा ट्यांक राखिएका उनले बताए । 

आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिने बताइएको छ । नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल विक्रि वितरण हुने आयल स्टोरका सञ्चालक ठकुराठीले जानकारी गराए ।

मेलौलीमा आयल स्टोर सञ्चालनमा आएसंगै ग्राहकहरुलाई सहज भएको स्थानीय राकेश दयालले बताए ।

आयल स्टोर सञ्चालनमा आएसँगै ,मेलौली, शिवनाथ, पञ्चेश्वरका ग्राहकहरुकालाई सहज भएको यातायत व्यवसायीहरुले बताएका छन् । 

यसअघि तल्लोसोराड क्षेत्रमा आयल स्टोर नहुँदा महंगोमा पेट्रोलिय पदार्थ खरीद गर्नुपर्ने अवस्था रहेको थियो । आयल स्टोर सञ्चालनमा आएसँगै यो समस्या समाधान हुने दाबी गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update