Sagun Khabar
दनपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाण्डेयलाई 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा कार्यरत अधिकृत नवीनचन्द्र पाण्डेयलाई दिइएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीको आर्थिक बर्षको अन्त्यमा सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाण्डेयलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

Atrya hospital

दशरथचन्द नगरपालिकाले पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनका लागि मन्त्रालयलाई पत्र लेखेपछि मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन अनुसार पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको उल्लेख गरेको छ । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा सम्म वा अर्को व्यवस्था नहुँदा सम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पाण्डेयलाई जिम्मेवारी तोकिएको छ । 

अधिकृतस्तर आठौं तहमा कार्यरत पाण्डेयले यसअघि पनि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् । 

पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसंगै अब आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने नगरपालिकाले जनाएको छ ।  

Pandey-1-1717946421.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update