Sagun Khabar
बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा सञ्चालन 
Atrya hospital

बैतडी –बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ । जिल्लाको देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेको शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए । 

बैंकले आजदेखि एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बिष्टले जानकारी दिए । (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको हो । 
बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ । 

देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीय मनोज बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update