Sagun Khabar
कैलालीमा चट्याङ लागेर १० जना घाइते 

कैलाली –कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ लाग्दा १० जना घाइते भएका हुन् । 

स्थानीय भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्यतिथिमा सहभागी भइरहेका स्थानीय मानिसहरू खाना पकाउने क्रममा अमट्टाको रुखमुनि टेन्ट हालेर बसेका थिए । उक्त रुखमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन् । 

घाइते हुनेहरूमा ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुल कुमारी चौधरी, ३५ वर्षीया निर्मला देवी थारु, र ३० वर्षीया ममता थारु रहेका छन् । 

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update