Sagun Khabar
बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 
फोटो : बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम 

बैतडी–बैतडी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 

जिल्लाभरी रहेका २ बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने तालिका अनुुसारको खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुले घरघरमै पुगेर बालबालिकाहरुले खोप पाए नपाएको खोप कार्ड हेरेर निश्चित गरेपछि वडादेखि पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘प्रत्येक बालबालिकाहरुले खोप पाएको सुनिश्चित गरेपछि मात्रै पूर्ण खोप घोषणा गरिएको हो ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीका ८४ ओटै र १० ओटा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि शुक्रबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

बैतडीमा १६ महिनादेखि २३ महिना सम्मका ३ हजार ५५३ बालबालिकाले पूर्ण खोप पाएकाले जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

यसअघि सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा र कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भईसकेका छन् । शुक्रबार बैतडी र दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update