Sagun Khabar
जिल्ला अस्पतालमा बैतडीमा आइसियु र भेन्टिलेटर छ, जनशक्ति छैन् 

बैतडी– बैतडीमा पनि कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । सक्रिय संक्रमित बढेसंगै जटील खालका बिरामीहरु समेत देखा पर्न थालेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने ‘जिल्लामा सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । कोरोनाले भयावह स्थिती ल्याउन सक्छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ ।’ 

कोरोनाका गम्भीर बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा गत मंसीरमै दुई थान भेन्टिलेटर र आइसियु कक्ष जडान गरिएको भएपनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन् । कोरोनाका गम्भीर बिरामीहरुलाई सहज होस भनेर प्रदेश सरकारले भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरेको भएपनि जनशक्तिको अभावमा ती कक्षहरु सञ्चालनमा आउन नसकेका डा. जोशीले जानकारी दिए । उनले भने ‘दक्ष जनशक्तिकै अभावमा हामीले आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याउन सकेका छैनौं । दक्ष जनशक्तिको पूर्ती भएमात्रै आइसियु र भेन्टिलेटर जडान गर्न सकिन्छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

भेन्टिलेटर कक्षमा दक्ष जनशक्ति नहुँदा यसै महिना कोरोनाका गम्भीर प्रकृतिका दुईजना बिरामीलाई अन्यत्र रेफर गरिएको डा. जोशीले बताए । कोरोना संक्रमणको दर हेर्दा जुनसुकै बेला पनि समस्या आउन सक्ने संकेत देखिएको डा. जोशीको भनाई छ । 
तर जनशक्तिकै अभावमा भएका संरचनाहरु समेत सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको डा. जोशीले बताए । आइसियु र भेन्टिलेटर सञ्चालनका लागि बिशेषज्ञ डाक्टर सहितका जनशक्ति आवश्यक पर्ने भएपनि त्यसको पूर्ती गर्न सकिएको छैन् । 

जिल्ला अस्पतालमा अहिले पनि कोरोनाका दुईजना बिरामीलाई अक्सिजन सर्पोटमा राखिएको र जुनसुकै बेला पनि भेन्टिलेटरको आवश्यकता पर्न सक्ने डा. जोशीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update