Sagun Khabar
कोरोना कहर : धमाधम परीक्षा स्थगित गर्दै बैतडीका स्थानीय तह 

बैतडी –कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बैतडीका स्थानीय तहहरुले धमाधम परीक्षा स्थगित गर्न थालेका छन् । सरकारले देशभरका विद्यालयहरुमा परीक्षा स्थगित गर्न निर्देशन दिए अनुसार धेरै जसो ठाउँमा परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । 

कोरोनाका संक्रमणको जोखिम बढ्दै गएपछि पाटन नगरपालिकाले परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको दशरथचन्द नगरपालिकाले पनि परीक्षा स्थगित गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । विद्यालयस्तरीय र कक्षा ८ को पालिकास्तरीय परीक्षा अर्को सूचना नभए सम्मका लागि स्थगित भएको उनले बताए । उनले भने ‘अहिले जिल्लाभरीको संक्रमणदर हेर्दा सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा छ । यसले गर्दा परीक्षा सञ्चालन गर्ने स्थिती छैन् । त्यसैले हामीले विद्यालयस्तरका परीक्षा स्थगित गरेका हौं ।’

यस्तै सिगास गाउँपालिकाले पनि आज एक सूचना जारी गर्दै बुधबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा स्थगित भएका जनाएको छ । गाउँपालिकामा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएको र यसले कोरोनाको जोखिम बढाउने भएकाले परीक्षा स्थगित गरिएको शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए । 

जिल्लाको मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि सूचना जारी गर्दै परीक्षा स्थगित गरेको जनाएको छ । 

यस्तै सुर्नया गाउँपालिकाले पनि मंगलबार एक सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ । कोरोनाको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गरिएका गाउँपालिकाले जनाएको छ । 

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि परीक्षाहरु स्थगित भएका स्थानीय तहहरुले जनाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update