Sagun Khabar
बैतडीका कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु 

बैतडी–बैतडीका एकजना कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर उपचार गराईरहेका दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोनाका कारण मंगलबार मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए  । 

यही वैशाख १२ गते जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजनको कमी भएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको थियो । मृतकको शव डडेल्धुरामा नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैबीच जिल्ला अस्पताल बैतडीले थप एकजनालाई डडेल्धुरा अस्पताल रेफर गरेको छ । दशरथचन्द नगरपालिका १ का अन्दाजी ३० बर्षीय संक्रमित पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेकाले डडेल्धुरा अस्पताल रेफर गरिएको डा. जोशीले बताए । 

जिल्ला अस्पतालमा एकजना संक्रमितको अक्सिजन सपोटमा उपचार भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update