Sagun Khabar
कोरोनाका कारण गौराको रौनक छैन् 

बैतडी –गौरा पर्व आउनुभन्दा एक महिना पहिला नै गाउँमा निकै रमाइलो हुन्थ्यो । महिला तथा पुरुषहरु विभिन्न खेलहरु खेल्ने गर्दथे । ऐतिहासिक तथा धार्मिक र सांस्कृतिक खेलहरु गाउँमा हुने गर्दथे । तर कोरोना भाइरसको महामारी कारण गौरामा खेलिने सांस्कृतिकहरु खेलहरु हुन छाडेका सुर्नया ६ का गणेशदत्त अवस्थीले बताए । उनले भने ‘पहिलाका जस्तो खेलहरु खेल्ने चलन लगभग लोप हुन थालेको छ । कोरोना भाइरसले झन् समस्या गरेको छ ।’

गौराको समयमा बसाईसराई गरेर गएकाहरुसंग भेट हुने अवसर जुर्ने भएपनि यो बर्ष कोरोना भाइरसका कारण बाहिर गएकाहरु खासै गाउँमा नआएका दशरथचन्द नगरपालिका २ का गणेशबहादुर बोहराले बताए । उनले भने ‘कोरोनाका कारण गाउँमा बाहिरका मान्छे खासै आएका छैनन् । कोरोना कारण गौराको रौनकमा कमी आएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गौराको समयमा विभिन्न खालका सांस्कृतिक खेलहरु खेलिने भएपनि कोरोना भाइरसका कारण त्यस्ता खेलहरु खेल्न समेत समस्या भएको उनले बताए । 

गौराको समयमा अन्य बर्षको तुलनामा बजारहरुमा समेत चहलपहल कम भएको व्यापारीहरुले बताएका छन् । अन्य बर्षको तुलनामा यो बर्ष बजार चहलपहल कम भएको मुस्याचोरका व्यापारी मानबहादुर टेरले बताए । उनले भने ‘अरु बर्षको जस्तो बजारमा पनि चहलपहल छैन् । कोरोनाका कारण गौराको रौनकमा कमी आएको छ ।’

गौराको समयमा टाढा टाढाका मान्छेहरु आउने भएपनि यो बर्ष त्यस्तो चहलपहल नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गर्दै गौराको समयमा भीडभाड नगर्न आग्रह गरेको छ । भीडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भएकाले सांस्कृतिक रुपमा मात्रै गौरा मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update