
काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायरको गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रमुखकै जिम्मेवारीमा काम गर्न आदेश दिएको हो।
गत जेठ २० गते काठमाडौं महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका उच्च अदालत पाटनद्धारा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख पाण्डेको निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश थिए।
गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। तर, चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।