Sagun Khabar
बैतडीको मेलौलीमा जहिल्यै खानेपानीको समस्या 

बैतडी – मेलौली नगरपालिकाको काँडा बजारमा होटेल व्यवसाय गरिरहेका सुरेन्द्रबहादुर चन्दलाई जहिले पनि खानेपानीकै पिरलो हुन्छ । खानेपानीकै समस्याका कारण ग्राहकलाई सेवा पुर्याउन उनलाई मुस्किल भईरहेको छ । उनले भने ‘हामीले जहिले पनि खानेपानीकै समस्या झेलीरहेका छौं । खानेपानीको अभावमा ग्राहकहरुलाई समेत समस्या हुने गरेको छ ।’

ग्वाल्लेक मणिलेक खानेपानी योजना जीर्ण भईसकेकाले खानेपानीको समस्या भएको व्यवसायी चन्दले बताए । खानेपानीका लागि बाह्रैमास भौतारिनुपर्ने अवस्था रही आएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

काँडा बजारमा बर्षौैंदेखि खानेपानीको समस्या रही आएको स्थानीय दीपक बिष्टले बताए । उनले भने ‘खानेपानीको निकै समस्या हुने गरेको छ । बर्षातको समयमा आकाशको पानी जमा गरेर केही सहज हुन्छ । हिउँदमा भने खानेपानीको जोहो गर्न निकै मुस्किल हुन्छ ।’

खानेपानीका लागि हिउँदको समयमा रातीको निद्रा समेत हराउने गरेको स्थानीय पार्वती भाटले बताइन् । पानीका लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था रही आएको उनले बताइन् । उनले भनिन् ‘खानेपानीका लागि हाम्रो ठाउँमा निकै समस्या छ । हाम्रो समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्दछ ।’

मेलौली नगरपालिकाको वडा नं १ र ७ मा देखिएको खानेपानी समस्या समाधानका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी पुर्याउने प्रयास भईरहेको नगरपालिकाले जनाएको छ । 

मेलौली नगरपालिकाको वडा नं १ जर्कुबाट लिफ्टिङ प्रणाली मार्फत खानेपानी ल्याउने कार्य भईरहेको नगर प्रवक्ता सुरत नेगीले बताए । १२ किलोमिटर तलबाट पानी तानेर ल्याउने प्रयास भईरहेको उनले बताए । 

चालु आर्थिक बर्षमा सो योजना सम्पन्न हुने र त्यसपछि खानेपानीको समस्या समाधान हुने उनले बताए । अहिले सम्म सो खानेपानी योजनाको ६० प्रतिशत काम सम्पन्न भईसकेको नेगीले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update