Sagun Khabar
झुलाघाट हेल्थ डेस्कका ल्याब असिष्टेन्ट सहित थप चार जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीको झुलाघाट हेल्थ डेस्कमा कार्यरत ल्याब असिष्टेन्ट सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट बुधबार कोरोना परीक्षण गर्दा जिल्लाका थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

३६ बर्षीय ल्याब असिष्टेन्ट सहित दशरथचन्द नगरपालिकाका थप ४ जनामा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा दशरथचन्द नगरपालिका १० का २२ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ६ का ४० बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ८ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७५ जना सक्रिय संक्रमित रहेका छन् भने पाटन नगरपालिकामा १५ जना सक्रिय संक्रमित रहेका छन् । 

जिल्लाको मेलौली नगरपालिकामा ११, दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७÷७, पञ्चेश्वर गाउँपालिकामा ५ र शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमित मध्ये धेरै जसो होम आइसोलेसनमा रहेकाले संक्रमणको जोखिम बढ्दै गएको छ । स्थानीय तहहरुले संस्थागत आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा कोरोनाले भयावह स्थिती ल्याउने सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update