Sagun Khabar
राताशिला जात्रा : एक ऐतिहासिक पर्व

उत्तरपुर्व बैतडीको पुर्चौडी क्षेत्र एक ऐतिहासिक ,पुरातात्वीक र धार्मीक साँस्कृतिक हिसावले निकै महत्वपूर्ण  छ । महाकाली क्षेत्रकै सबैभन्दा सामाजिक–साँस्कृतिक हिसाबले पुरानो मानिएको र भू–भौतिक बनाटमा रमणीय उपत्यका महाभारत प्रर्वतको मध्य भू–क्षेत्रमा पर्दछ । समश्तिोष्ण हावापानी र अनुकुल मौसमका कारण यो क्षेत्रमा चालिसहजार मानिसहरुको बसोबास रहेको छ । बहुजातीय र बहुसाँस्कृतिक विविताबीचको सद्भाव,समावेशी र एकताको पर्व हो राताश्लिा जात्रा । यसलाइ गिरेगडा जात्राको नामले पनि चिनिन्छ । यो जात्रा कार्तीक एकादशी हरिवोधनीका दिन भव्यताका साथ मनाइन्छ ।

पुर्चौडी नगरपालिका वडा नं.१ का स्थानीय कथित दलित समुदायका रैकाल समुदायहरुले यसको आयोजना र पुज्नेकाम गर्छन । यो समुदायको कुल जनसंख्या १५ घरधुरी रहेको छ । तत्कालिन डोटी राज्यका रैका राजा रहेको र शासन सत्ताबाट हारेपछि बझाङ्गको बाटो हुँदै यस क्षेमा आएको भनाइ छ भने कतिपय जानकारहरु यिनीहरु राजाको भारदारको रुपमा काम गर्ने समुदाय भएको दावी गर्छन । पुर्चौडी गर्खा प्रशासनिक इकाइ भएयता यो समुदायले स्थायी रुपमा बस्न लागेको अनुमान गर्न सकिन्छ ।

राताशिला देवताको उत्पत्ति

हिन्दुशास्त्रीय अवधारणामा प्रर्वतहरुको निर्माण ब्रह्माले गरेको भन्ने छ । पहाडहरु र देवताको उत्पत्ति सम्त्रन्धी विभिन्न पुराणहरुमा उल्लेख छ । जो पुर्चौडीको भौगर्भिकबनावट सँग मेल खादैन । किन भने हरेक धर्मले मानव उत्पत्ति र चराचर प्राणी जगतको बारेमा एक अलौलिक शक्तीले पृथीको निर्माण गरेको र तिनी भगवान भएको भनाइ राख्छ ।

तर २०औँ शताब्दीपछि बिज्ञान र प्रविधिको विकास पछि यि भ्रमहरुमा जीव विज्ञान र भौगर्भिक अनुसन्धानले वास्तविकता उजागर गरेका छन । यसले क्रमिक विकासको सिद्धान्तलाइ अँगीकार गर्छ ।

करिब एक हजार वर्ष अगाडी हिमालय प्रर्वत श्रृखलामा बनेका उपत्यकाहरुमा रहेका तालहरु फुटे । पुचौडीमा दुइ वटा ठूला तालहरु थिए । एक दहताल दुइ तोलिगाउँको ताल । तोलिगाउँको ताल फुटदा धैरै जनधजनको क्षति भयो । रगतसहित प्राणीहरु बगेर आए । राताशिला क्षेत्रमा जम्मा भए भने यो क्षेत्र आग्नीय चटटान र चुनढुङ्गगा बनेको छ । नदिले बगाएर ल्याएका ति ढुङ्गाहरुमा साना टुक्राहरु निकै सुन्दुर र राता रंगका थिए । यि दुइ कारणबाट राताशिला देवता उत्पत्ति भयो । 

साँस्कृतिक ऐतिहासिक पृष्ठभूमि 

शाके सम्बत १२०३ मा तल्लादेहीमा देवलहरुको निर्माण भयो । यो जुम्लाबाट विघटित खस हजाहरुले निर्माण गरे । करिब ८–९ सय वर्ष यतादेखि व्यवस्थतित साँस्कृतिक र धार्मीक सँस्कारको विकास भएको छ । 
राताशिला धाम

राताशिला धामा यहाँको एक महत्वपूर्ण शक्ती पीठ हो । यहाँ मृत्यू संस्कार देखि विबाह लगायत धेरै सँस्कारहरु छन । त्यसकारण यसको विकास जरुरि छ ।

पुरचौडी सरकारको भूमिका

कथित दलित समुदायका रैकाल समुदायहरु शिक्षा र अन्य व्यवस्थापनमा संस्थागत विकास गर्न नसकेको र स्थानीय सरकारले जात्रा आयोजनका लागि बजेटको व्यवस्था नगर्दा यो जात्रा अझ परिस्कृत हुन सकेको छैन । यसमा पुरचौडी सरकारको ध्यान जानु अनिवार्य छ ।

राताशिलामा अर्थ राजनीति

राताशिला जात्राको बहुआयामिक महत्वलाइ नकार्न मिल्दैन तर स्थानीय क्लब, बजार व्यवस्थापन समूहले यसको अर्थ–राजनीतिकलाइ बढी महत्व दिएको छ । राताशिला जात्रा व्यवस्थापन समिति भन्दा यि समूह बढी सकिर्य छन । सहकार्य बिना नै विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन । यसले मेलाको महत्व कम हुने र समान्तर संरचना बन्न जान्छन ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update