Sagun Khabar
हावाहुरीले वडा कार्यालयको छानो उडायो

बैतडी–बैतडीमा आज दिउँसो पानीसँगै आएको हावाहुरीले एक वडा कार्यालयको छानो उडाएको छ । 

हावाहुरीले दोगडाकेदार गाउँपालिका वडा नं ८ को कालागाउँस्थित भवनको छानो उडाएको स्थानीय नरेश बिष्टले बताए । पानीसहितको हावाहुरीले छानो उडाएपछि कार्यालयभित्रका सामग्रीहरुमा समेत क्षति पुगेको छ । 

वडा कार्यालयभित्रका कागजपत्रहरु स्थानीयहरुको सहयोगमा सुरक्षित ठाउँमा सारिएको बताइएको छ । वडा कार्यालयको तीन कोठे जस्तापाताले छाएको भवनको छानो उडाएपछि कार्यालयमा सञ्चालनमा समस्या हुने देखिएको छ । 

वडा कार्यालयको छानो उडाएपछि भवनभित्र रहेका सामग्रीहरु क्षतविक्षत भएका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update