जिप दुर्घटनामा परि एक बालकको मृत्यु, ६ जना घाइते
प्यूठानको मल्लरानी गाउँपालिका-४ टोप्रेखर्कमा भर्खरै पिकअप जिप दुर्घटना भएको छ। ग १ ज ७८१४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ६ जना घाइते भएका छन्।
देउरालीबाट खलंगा आउँदै गरेको जिप दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १३:३७
प्रतिक्रिया दिनुहोस्




