Sagun Khabar
दार्चुलाका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ 

दार्चुला –दार्चुलाका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने १८ बर्षीय वसन्तसिंह ठगुन्ना, नौगाड गाउँपालिका–३ बस्ने २३ बर्षीय हरिसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ बस्ने २५ बर्षीय नरेन्द्रसिंह ठगुन्ना रहेका छन् । तीनै जनालाई कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम १६० मिलिग्रामसहित सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण व्यूरो कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी धनगढी उपमहागरपालिका–२ बैयाबेहडी मार्गबाट ब्राउनसुगर २३० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–८ बस्ने २५ बर्षीय रघुबीर धामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । धामीलाइ लागूऔषध नियन्त्रण व्यूरो कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update