Sagun Khabar
चार स्वास्थ्यकर्मी सहित बैतडीमा थप ३१ जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मी सहित बैतडीमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । 

बिहीबार एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना र पीसीआर विधिबाट परीक्षण गर्दा २८ जनामा गरी थप ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

एन्टीजेन विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिका १ का ३२ बर्षीय पुरुष,दशरथचन्द नगरपालिका ६ का २८ बर्षीय पुरुष र मेलौली नगरपालिका वडा नं ४ का २१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

यस्तै पीसीआर विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका १३, पाटन नगरपालिकाका १२, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नया गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लाका विभिन्न स्थानका १२ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्केका स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १४० पुगेको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७६ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै पाटन नगरपालिकामा २७, मेलौली नगरपालिकामा १३, दोगडाकेदार गाउँपालिकामा ९, पुर्चौंडी नगरपालिकामा ७, पञ्चेश्वर गाउँपालिकामा ५ र सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका १० ओटा स्थानीय तहमध्ये डिलाशैनी गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update