Sagun Khabar
बैतडीको खोड्पेमा बजार अनुगमन 

बैतडी–बैतडीको खोड्पेमा बजार अनुगमन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खोड्पे बजारमा आकस्मिक अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले बताए । 

चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि प्रशासनले नियमित बजार अनुगमा गर्ने निर्णय गरेको र सोही अनुसार बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताए । 

खोड्पेमा मंगलबार आकस्मिक बजार अनुगमन गरिएको र अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद गरि नष्ट गरिएको उनले बताए । 

यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने नवीकरण नगरेका पसलहरुलाई नवीकरण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update