Sagun Khabar
अफगानिस्तानको  मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुग्यो ।


अफगानिस्तान - अफगानिस्तानमा मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार सहरको एक शिया मस्जिदमा प्रार्थना भइरहेको समयमा हिजो बिस्फोट भएको थियो । बिस्फोटमा परेर दर्जनौ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

 

  घाइतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । बिस्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो । बिस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । विष्फोटपछि तालिवान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले ट्वीट गर्दै घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

 

  उनका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ । रोयटर्सका अनुसार तीन जना आत्मघाती हमलाकारीले उक्त बिस्फोट गराएका थिए । घाइतेहरुलाई अस्पताल पु¥याइएको छ । अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा बिस्फोट भएको एक हप्तापछि कान्दाहारमा बिस्फोट भएको हो । ]

  उक्त बिस्फोटको पनि जिम्मा आइएसले लिएको थियो । इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका बिस्फोट गरँइरहेका छन् ।

 

 

स्रोत ईमेज खबर 
 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update