Sagun Khabar
बैतडीमा पन्ज्युनयाँ टि– २० क्रिकेट सुरु,उद्घाटनमा आयोजक विजयी

बैतडी –बैतडीमा दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा चम्तडी स्टारलाई पराजित गर्दै आयोजक सुशितम युवा क्लब पन्ज्युनयाँले सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुशितमले निधारित १५ ओभरमा १४७ रन बनायो । जसमा गोपाल कार्कीले ३९ बलमा अर्धसतकीय पारी खेल्दै ६९ रनको योगदान गरे । दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा १४८ रनको लक्ष्य पन्छाएको चम्तडी ६५ रनमा अलआउट भयो । सुशितमका लागि ६९ रन हिर्काएका र १ विकेट लिन सफल गोपाल कार्की म्यान अफ द म्याच चुनिए । म्यान अफ द म्याचको पुरस्कार युवा समाजसेवी भोजराज जोशी (क्वालिटी)ले गरेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमकाबीच गरिएको थियो । सुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्की र कोषाध्यक्ष हरिष कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सुशितम युवा क्लब पन्ज्युनयाँ बैतडीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउनेछ । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update