Sagun Khabar
जगन्नाथ बहुमुखी क्याम्पसमा एकसय बेडको आइसोलेसन सेन्टर 
फोटो: जगन्नाथ बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसन कक्ष

बैतडी–जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडीमा एकसय बेडको आइसोलेसन कक्ष निर्माण कार्य शुरु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्ष निर्माणको काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने गरेर मंगलबारदेखि आइसोलेसन कक्ष निर्माणको काम शुरु भएको हो । 

तत्काल २० बेडको आइसोलेसन बनाउने र त्यसलाई एकसय बेड सम्म विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘हामीले तत्काल २० बेडको व्यवस्था गरेका छौं । यसलाई एक सय बेडको बनाउने हाम्रो लक्ष्य छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

आइसोलेसन कक्ष निर्माणका लागि मंगलबार जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सहितको टोलीले पनि अनुगमन गरेको छ । 

आइसोलेसन कक्षमा संक्रमितहरुलाई खानपानको व्यवस्था समेत गरिनेछ । स्वास्थ्य प्रमुख भट्टले भने ‘कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि हामीले आइसोलेसन सेन्टर निर्माण गरेका हौं । संक्रमितहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिनेछ ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update