Sagun Khabar
बैतडीमा संक्रमित मध्ये ६८ प्रतिशत बढीले कोरोना जिते 

बैतडी –बैतडीमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६८ प्रतिशत बढी नागरिकले कोरोना जितेका छन् । कोरोना भाईरसको महामारी फैलिए यता जिल्लामा ९७८ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये ६६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘संक्रमित मध्ये धेरैले कोरोना जितेका छन् । त्यसैले संक्रमण पुष्टि भएकाहरुले पनि आत्मबल बढाउनु आवश्यक छ ।आत्मबल बढाए कोरोना सहजै जितिन्छ ।’

कोरोनाबाट जिल्लामा ५ जनाले ज्यान गुमाएका छन् भने ३०८ जना सक्रिय संक्रमित रहेका रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार मात्रै थप ४९ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा थप ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा पुर्चौंडी नगरपालिका १० का २० र २२ बर्षीय पुरुष, पुर्चौंडी नगरपालिका ४ का २४ बर्षीय पुरुष, पुर्चौंडी नगरपालिका २ का ३५ बर्षीय पुरुष र पञ्चेश्वर गाउँपालिका ५ का २३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

यस्तै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका १८, पञ्चेश्वर गाउँपालिकाका ४, सुर्नया गाउँपालिकाका २ र शिवनाथ गाउँपालिकाका १४ जनामा कोरोना पुष्टि भएको छ । 

बुधबार थप ४९ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३०८ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १६४ जना, पाटन नगरपालिकामा ४२ जना, पुर्चौंडी नगरपालिकामा २७ र मेलौली नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ३० जना, शिवनाथ गाउँपालिकामा १५ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, सुर्नया गाउँपालिकामा १० जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update