Sagun Khabar
एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेलाडीहरुलाई विमानस्थलमा भव्य स्वागत, जनही ५÷५ लाख दिईने 
स्वास्थ्य सन्देश
Atrya hospital

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज  बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा उनीहरूको भव्य स्वागत गरिएको छ ।

 उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो । हिजो बुधबार  बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

  मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख दिने निर्णय गरेको हो ।  बैठकले २ जना प्रशिक्षकलाई पनि जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ ।   

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update