Sagun Khabar
नेपाल क्रिकेट संघले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित

काठमाण्डौँ-नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् ।

क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएकोमा वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा गएका छैनन् ।


प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन् । रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, बिनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा नगएको बुझिएको छ ।

Atrya hospital

बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन् । क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो । ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएको थियो ।

अरू को–को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन । बन्द प्रशिक्षणमा सहभागी हुनुअघि कारबाहीमा परेका खेलाडीहरूले क्यानलाई पत्र लेख्दै कारबाही फिर्ता भए÷नभएको जवाफ मागेका थिए।

तर उनीहरूको इमेलको क्यानले जवाफ दिएको छैन । क्यान खेलाडीहरूलाई कारबाही फिर्ता नगर्न अड्डी कसेर बसेको छ । आगामी फेब्रुअरीमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

#ईमेजखबर#

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update