Sagun Khabar
एन्फा कार्यसमितिको बैठक बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बठैक आज बस्दैछ। वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बस्दै छ। 

 

 

सातदोबाटो स्थित एन्फा मुख्यालमा हुने बैठक दिउँसो साढे १२ बजे सुरु हुने एन्फाले जनाएको छ। 

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम, उपाध्यक्ष द्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो।

एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई जानकारी दिएको थियो। 

त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए।

-थाहा खबर 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update