Sagun Khabar
१९ वर्ष मुनिको विश्वकप विजेता  खेलाडीलाई जनही ४० लाख भारतीय रुपया दिने घोषणा
फाइल फोटो

बैतडी– १९ वर्ष मुनिको विश्वकप विजेता टोलीका खेलाडीले जनही ४० लाख भारतीय रुपया पाउने भएका छन् । भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट बीसीसीआईले विश्व कप जितेको भारतीय टिमका हरेक खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने जनाएको छ । यस्तै टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गरिने बताइएकाे छ ।

गएराति भएको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो  । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटाएकाे थियाे । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो  । 

#उज्यालो#

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update