Sagun Khabar
विश्वमा एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

विश्वभर एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको मृत्यु भएको हो।

ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८५८, इटलीमा ५२९, भारतमा ३५५, रुसमा ४०९, फ्रान्समा ३४८ जनाको मृत्यु भएको छ। यससँगै विश्वभर कुल मृतकको संख्या २८ लाख १४ हजार ८२२ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख २९ हजार ११९ नयाँ कोरोना संक्रमित थपिएका छन्। ब्राजिलमा सबैभन्दा बढी ८६ हजार ७०४ जना संक्रमित फेला परेका छन्। अमेरिकामा ६१ हजार ४०८, भारतमा ५३ हजार १५८ र फ्रान्समा ३० हजार संक्रमति थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या विश्वभर १२ करोड ८७ लाख, ७६ हजार ८३८ पुगेको छ। यस्तै‚ १० करोड ३९ लाख तीन हजार ६६८ जना संक्रमण मुक्त भएका छन्।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update