Sagun Khabar
मेयर कप क्रिकेट : आज भएका खेलमा दनपा ९ र १० विजयी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ स्थित निङ्गलाशैनी खेलमैदानमा जारी पाँचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । 

दनपा २ र दनपा १० बीच भएको पहिलो खेलमा दनपा १० ले ५ विकेटले जीत हात पारेको छ । पहिला टस जितेर ब्याटिङ गरेको दनपा २ ले १९.२ ओभरमा अलआउट हुँदै १६० रन बनाउन सक्यो । उसका लागि दीपक बोहराले ४१ रन बनाए । दनपा १० का दिनेश बुडाल,कपील चन्द र निरज बुडालले समान २÷२ विकेट लिए 

स्वास्थ्य सन्देश
Atrya hospital

१६१ रनको विजयी लक्ष्यका साथ मैदानमा आएका दनपा १० ले १८.५ ओभरमा ५ विकेटको क्षतिमा जित हात पार्यो । उसका लागि प्रकाश बुडालले नटआउट ५८ रनको योगदान दिए । सो खेलमा दनपा १० का प्रकाश बुडाल म्यान अफ द म्याच घोषित भए । 

यस्तै आज भएको दोश्रो खेलमा दनपा ९ ले दनपा ३ लाई ३८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ९ ले ८ विकेटको क्षतिमा १२४ रन बनायो । उसका लागि महेश जोशीले २७ रनको योगदान दिए । दनपा ३ का यज्ञराज भट्टले ३ विकेट लिए । 

१२५ रनको विजयी लक्ष्यका साथै मैदान उत्रेको दनपा ३ ले १५.४ ओभरमा अलआउट हुँदै ८६ रन मात्रै बनाउन सफल भयो । उसका लागि दिनेश पुजाराले ३३ रनको योगदान दिए । दनपा ९ का दीपक जोशीले ७ विकेट लिए । सो खेलमा दनपा ९ का दीपक जोशी म्यान अफ द म्याच घोषित भए ।

चैत २ गते सम्म हुने प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update