Sagun Khabar
मेयर कप क्रिकेट  : शुक्रबार भएका खेलमा दनपा २ र दनपा ६ विजयी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा दनपा २ र दोश्रो खेलमा दनपा ६ ले जित हात पारेको छ । 

दनपा १ र दनपा २ बीच भएको पहिलो खेलमा दनपा २ ले ६ विकेटले जित हात पारेको हो । दनपा २ ले टस जितेर फिल्डिङ रोजेपछि दनपा १ ले ब्याटिङ गर्दै १७.४ ओभरमा १११ रन मात्रै बनाउन सक्यो । उसका लागि सुरेश भाटले सर्वाधिक ३५ रन बनाए । दनपा २ का दीपक बोहराले ४ विकेट लिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

११२ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले ७.१ ओभरमा ६ विकेटको जित हात पारेको प्रशिक्षक दिपेन्द्र बोहराले बताए । उसका लागि भुपेन्द्र रावतले नटआउट ४४ रन र दीपक बोहराले ३२ रनको योगदान दिए । सो खेलमा दनपा २ का दीपक बोहरा म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ६ ले दनपा ८ लाई ५ रनले हराउँदै रोमाञ्चक जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको दनपा ६ ले निर्धारित २० ओभरमा २१२ रन बनायो । उसका लागि लोकेन्द्र रावलले ५६ रन विक्रम कार्कीले नटआउट ५० रन बनाए । दनपा ८ का जगदीश मौनी र मुकेश थापाले समान २÷२ विकेट लिए । 

२१३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ८ को टोलीले २०७ रन मात्रै बनाउन सक्यो । उसका लागि मनिष धामीले ७८ र महेन्द्र मार्कण्डले ७७ रनको योगदान गरेपनि टीमलाई जिताउन भने सकेनन् । सो खेलमा दनपा ६ का लोकेन्द्र रावल म्यान अफ दि म्याच घोािषत भए । 

चैत २ गते सम्म हुने प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update