Sagun Khabar
मेयर कप क्रिकेट : दनपा ४ सेमीफाइनलमा प्रवेश 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं मेयर कप क्रिकेट प्रतियोगितामा दनपा ४ को टोली सेमीफाइनलमा प्रवेश गरेको छ । दनपा ३ लाई ९७ रनले पराजित गर्दै दनपा ४ सेमीफाइनलमा प्रवेश गरेको हो । 

पहिला टस जितेर ब्याटिङ गरेको दनपा ४ ले निर्धारित २० ओभरमा २२० रन बनायो । उसका लागि प्रदीप चन्दले सर्वाधिक ८१ रन बनाए । 

स्वास्थ्य सन्देश
Atrya hospital

२२१ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ३ ले १७.२ ओभरमा अलआउट हुँदै १२३ रन मात्रै बनाउन सक्यो । सो खेलमा वडा नं ४ का प्रदीप चन्द म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ११ ले दनपा ७ लाई ९२ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ११ ले निर्धारित २० ओभरको खेलमा १६७ रन बनायो । उसका लागि राम चन्दले सर्वाधिक ७४ रनको योगदान गरे । 

१६८ रनको विजय लक्ष्यका साथै मैदान उत्रेको दनपा ३ ले १४.३ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटियो । सो खेलमा दनपा ११ का राम चन्द म्यान अफ दि म्याच घोषित भए । 

चैत २ गते सम्म हुने प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update