Sagun Khabar
मेयर कप क्रिकेट : दनपा ६ र १० सेमीफाइनलमा प्रवेश 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं मेयरकप क्रिकेट प्रतियोगितामा दनपा ६ र दनपा १० सेमीफाइनलमा प्रवेश गरेका छन् । दनपा ६ ले दनपा ८ र दनपा १० ले दनपा १ लाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । 

आज भएको पहिलो खेलमा दनपा ८ ले ब्याटिङ गर्दै १६.४ओभरमा १४९ रन बनाउ सक्यो । उसका लागि लोकेन्द्रसिंह थापाले ४९ रनको योगदान गरे । सो खेलमा दनपा ६ का मनोज ऐरीले ४ विकेट हात पारे । 

१५० रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ६ ले ९ विकेटको नोक्सानीमा १६.१ ओभरमा जित हात पारेको हो । उसका लागि जितेन्द्र रावलले नटआउट ६७ रनको योगदान गरे । सो खेलमा दनपा ८ का जगदीश मौनीले ४ विकेट लिए । उक्त खेलमा दनपा ६ का जितेन्द्र रावल म्यान अफ दि म्याच घोषित भए । 

Atrya hospital

यस्तै आज भएको अर्को खेलमा दनपा १० ले दनपा १ लाई ४८ रनले पराजित गरेको छ । पहिला टस जितेर ब्याटिङ गरेको दनपा १० ले २० ओभरमा ७ विकेटको नोक्सानीमा १७८ रन बनायो । उसका लागि प्रकाश बुडालले ४५ रनको योगदान गरे । 

१७९ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा १ ले १९.२ ओभरमा अलआउट हुँदै १३० रनमा समेटियो । हारसंगै दनपा १ प्रतियोगिताबाट बाहिरिएको छ । उक्त खेलमा दनपा १० का प्रकाश बुडाल म्यान अफ दि म्याच घोषित भए । 

चैत २ गते सम्म हुने प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update