Sagun Khabar
मेयर कप क्रिकेट : आज सेमीफाइनलका खेल हुँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमीफाइनलका खेल हुँदैछन् । पहिलो खेलमा दनपा ४ र दनपा १० भिड्दैछन् भने दोश्रो खेलमा दनपा ५ र दनपा ६ भिड्दैछन् । 

फाइनल भिडन्त भोली हुनेछ । नगर त्रिकेट विकास समितिको आयोजना र दशरथचन्द नगरपालिकाको सहयोगमा सञ्चालन भईरहेको प्रतियोगितामा ११ टीमको सहभागिता छ । 

प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update