Sagun Khabar
बैतडीमा मेयर कप क्रिकेट : दनपा ४ र दनपा ५ फाइनलमा प्रवेश 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा ४ र दनपा ५ को टोली भिड्ने भएका छन् । दनपा १० लाई पराजित गर्दै दनपा ४ फाइनलमा प्रवेश गरेको हो भने दनपा ६ लाई पराजित गर्र्दै दनपा ५ फाइनलमा प्रवेश गरेको हो । 

आज भएको पहिलो खेलमा दनपा ४ ले दनपा १० लाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा १० ले १९.५ ओभरमा १३० रन बनायो । १३१ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ४ ले ५ विकेटको नोक्सानी जित हात पार्यो । उसका लागि ४९ रनको योगदान गर्ने प्रदीप चन्द म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ५ ले दनपा ६ लाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ६ ले १६.१ ओभरमा १३३ रन बनायो । १३४ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ५ ले ६ विकेटको नोक्सानीमा जित हात पारेको प्रशिक्षक दिपेन्द्र चन्दले बताए । 

Atrya hospital

प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपाधि भिडन्त भोली हुने जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update